ललितपुर काण्डः नखुलेको वास्तकिता के हो ? (भिडियोसहित)


 


काठमाडौं । गत २६ बैशाखमा ललितपुरको ढोलाहिटिमा भएको अन्जना लामा महतको हत्यामा संलग्नलाई कार्वाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ज्ञापनपत्र बुझाईएको छ ।

अन्जनाको माईती जिल्ला मकवानपुरबाट हत्यामा संलग्नलाई चाडैं कार्वाहीको दायरामा ल्याउन माग गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुर मार्फत गृहमन्त्रालयलाई ज्ञापनपत्र बुझाईएको हो । मकवानपुरमा रहेका विभिन्न २९ वटा अधिकारकर्मी संस्थाहरु सहभागीता रहेको मानव अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्धको जिल्ला सन्जाल र महिला मानव अधिकार रक्षक सन्जाल मकवानपुरले सयुक्त रुपमा आज मकवानपुरका प्रजिअ आस्मान तामाङ्ग मार्फत गृहमन्त्रालयमा ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्र बुझ्दै प्रजिअ तामाङले यसबारे गृहमन्त्रालयमा तत्काल जानकारी गराउने वचन दिएका छन । ‘सुरक्षित बाच्न पाउने अधिकारको सुरक्षा सरकारले गर्न पर्यो, कुनै पनि बाहानामा हत्या जस्तो जघन्य अपराध गर्न पाईन्न“ सन्जाल जिल्ला संयोजक आरती पाठकले भनिन् । महिला आफ्नै घरभित्र पनि सुरक्षित हुन नसक्नु मानव अधिकारको चुनौती भएको महिला मानव अधिकार रक्षक सन्जाल मकवानपुर संयोजक गित अर्यालले बताईन । मकवानपुर जिल्ला भिमफेदि गाउपालिका भैसे माइती भएकी अन्जनालाई आफ्नै जेठाजु उज्वल महतले २६ बैशाखमा ललितपुर ढोलाहिटी स्थित आफ्नै घरमा बीभत्स हत्या गरेका थिए ।

मानसिक अवस्था गुमाएका भनिएका जेठाजु उज्वलले उनको हत्या गरेको महत परिवारले स्वीकार गरेको छ । तर हत्यामा संलग्नको मानसिक अवस्था बारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । क्यानडा जाने तयारीमा रहेकी अन्जनालाई परिवारको सदस्य मिलेर हत्या गरेको र कानूनबाट उम्कनको लागि मानसिक अवस्था गुमेको बाहाना पारेको भन्दै अन्जनाको दाजु शंकर लामाले सत्यतथ्य खोजेर आफूहरू न्यान दिन सरकारसंग माग गरे ।

उक्त घटना अहिले सामाजिक सञ्जाल देखि लिएर जताततै चर्चा चलिरहेको छ । तर ठोस प्रमाण र रिपोर्ट भने अझै आउन सकेकोको छैन । यसै बिषयमा अन्जनाका पीडित माइती परिवार आमा बुवा र बहिनी केही मिडियाहरु आफ्नो बिचारहरु राख्दै छोरीको न्यायको लागि आवाज उठाइरहेका छन् ।

 

प्रकाशित मिति: ६ जेष्ठ २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्