पानमा पेपर्स काण्डः १३ नेपालीको नाम सार्वजनिक


 


काठमाडाैं, चैत्र २५

विश्वभर एकसाथ तरंगा ल्याएको पानामा पेपर्स कर छली काण्डमा जोडिएका नेपालीहरुकेा नाम बुधबार सार्वजनिक भएको छ । खोजी पत्रकारहरुको अन्तराष्ट्रिय संस्था इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्टले सार्वजनिक गरेको विवरणमा १३ नेपाली परेको पाइएको छ भने उनीहरुको ठेगाना र लगानी गर्न खोलिएको कम्पनीको नामसमेत उल्लेख गरिएको छ ।

आईसीआईजेले सार्वजनिक गरेको सिद्धि भवन कान्तिपथका विजेन्द्र जोशीको पहिलो स्थानमा नाम उल्लेख गरिएको छ भने उनले वल्र्ड डिस्टि्रव्युसन नेपाल प्रालि कम्पनी ट्याक्स हेभनमा दर्ता गराएको जनाइएको छ । त्यस्तै विराटनगर ९ मोरङका विजेशकुमार तोडी अग्रवालले भने उडस्टोक युनिभर्सल लिमिटेड कम्पनी दर्ता गरी कर छल्ने नियतले लगानी गरिरहेको देखिएको छ ।

यसै प्रकरणसँग जोडिएका अर्का नेपाली सिद्धि भवन कान्तिपथ बस्ने बिमलकाजी ताम्राकार हुन् । उनले हिमालय इन्भेस्टमेन्ट ग्रुप लिमिटिेड र वल्र्ड डिस्टि्रव्युसन नेपाल प्रालि नाम गरेका दुई कम्पनी मार्फत कर छली गरी लगानी गरेको जनाएको छ ।

त्यस्तै बिनु श्रेष्ठ, विश्ववरसिंह थापा, डा. श्यामबहादुर कर्माचार्यहरिशकुमार तेडिङ्गी छन् । पानमा पेपर्समा परेका प्राध्यापक सत्येन्द्रकुमार गुप्ता र राजेन्द्रकुमार काब्राको भने आईसीआईजेले ठेगाना र कम्पनी खुलाएको छैन ।

कर छल्ने नियतका साथ काम गर्ने नेपालीहरुमा चर्चित पात्र नभएको देखाएको छ । यी व्यक्तिहरु कुन घरानासँग जोडिएका व्यक्तिहरु कुन घरानासँग जोडिएका छन् भन्ने विवरण भने बाहिर आउन बाँकी छ । नेपाल समाचारपत्र दैनिक

 

प्रकाशित मिति: २५ चैत्र २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्