म १५ वर्ष अघि विरामी थिए, अहिले होइन – प्रधानमन्त्री ओली


 


काठमाडौं, साउन ३१
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्था ठिक रहेको बताउनु भएको छ । आफूलाई भेट्न आएका झापाका जनप्रतिनिधिहरुसँग प्रधानमन्त्रीले ओलीले भन्नुभयो– म सिकिस्तै भएको खवर सुनेर आउनु भएको होला, म १५ वर्षअघि विरामी थिएँ, अहिले होइन ।

हिजो ९९ डिग्री ज्वरो आएर एकछिन् आराम गरेको थिएँ, बाहिर त हाँगा हालेर खवर आए, प्रधानन्त्री ओलीले भन्नुभयो । ओलीको स्वास्थ्य अवस्थाबारे संचार माध्यमहरुले विभिन्न अड्कलबाजी गर्दै समाचार प्रकाशित गरेका थिए ।

प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार उहाँको स्वास्थ्य अवस्था ठिक रहेको बताइएको छ । यसैबीच नेकपा सचिवालयको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

प्रकाशित मिति: ३१ श्रावण २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्