सौन्दर्य र स्वास्थ्यका लागि आलुको बोक्रा कती फाइदाजनक


 


आलु सर्वप्रिय तरकारी । आलुको अनेक प्रकार बन्छन् । यद्यपि आलुको तरकारीमा स्वाद भिजेका हामी बोक्रा भने ताछेर फ्याक्छौं । जबकी आलुको बोक्रा निकै उपयोगी हुन्छ, स्वास्थ्य र सौन्दर्य दुबैका लागि ।हामी आलुको बोक्रो ताछेर फ्याक्छौं । हामीलाई लाग्छ, आलुको अनावश्यक भाग हुन् यी । जबकी आलुको बोक्रासँगै हामी फाइबर र प्रोटीन पनि फ्याकिरहेका हुन्छौं । आलुको बोक्रामा यी पोषक तत्व रहेको हुन्छ ।

सौन्दर्यका लागि पनिस्आलुको बोक्रामा क्याल्शियम, भिटामिन सि र बि कम्प्लेक्स हुन्छ । साथसाथै आलुमा आइरन पनि हुन्छ । यही कारण शरीरमा आवश्यक कतिपय पोषक आलुको बोक्राले पूर्ति गर्छ । त्यसो त शरीरका लागि मात्र होइन, सौन्दर्यका लागि पनि उत्तिकै फाइदाजनक छ ।उच्च रक्तचाप नियन्त्रण गर्छस्आलुमा पर्याप्त मात्रामा पोटेशियम पाइन्छ ।

साथै यो भिटामिन सिको पनि राम्रो स्रोत हो । यी दुबैले उच्च रक्तचाप नियन्त्रणमा सहयोग गर्छ । यसको बोक्रालाई धोएर सब्जी जस्तै बनाएर खानुपर्छ, स्वास्थ्य लाभ मिल्छ ।तौल बढ्दैनस्आलुको बोक्रा फाइबरले भरिपूर्ण हुन्छ । यसका बोक्रालाई कुनैपनि रुपले प्रयोग गर्न सक्नुहुनछ । फाइबर अधिक हुने भएकाले लामो समयसम्म पेट खाली रहँदैन र मेटाबोलिक रेट पनि बढाउँछ । यसलाई सेवन गर्दा स्नायु तन्तुलाई बलियो बनाउँछ ।

एनिमिया हटाउँछस्जुन व्यक्तिको शरीरमा आइरनको कमी हुन्छ, उनीहरुले अन्य सागसब्जीका साथै आलुको बोक्रा सेवन गर्नु एकदमै फाइदाजनक हुन्छ ।ताकतले भरिएको हुन्छस्आलुको बोक्रामा क्याल्शियम र भिटामिन कम्लेक्स हुन्छ ।

यसले हड्डीलाई बलियो बनाउँछ । भिटामिन बिले शरीरलाई तागत मिल्छ ।पाचन क्रियालाई बनाउँछ बलियोस्आलुमा एकदमै धेरै फाइबर हुने भएकाले यसले पाचन यन्त्रलाई पनि बलियो बनाउँछ । यसमा फाइबर अधिक हुने भएकाले कब्जियतबाट पनि बचाउँछ ।कपालमा प्रयोगस्आलुको बोक्रालाई कपालमा पनि प्रयोग गर्न सकिन्छ । एक कचौरा आलुको बोक्रा आधा लिटर पानीमा उमाल्नुपर्छ । जब पानी एक वा दुई चम्चा रहन्छ, तब यसलाई तपाईंले आफ्नो कपालमा लगाउन सक्नुहुनछ । यसले कपालको सौन्दर्य बढाउन मद्दत गर्छ ।

प्रकाशित मिति: ५ भाद्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्