नेपाली क्रिकेटमा ऐतिहासिक प्रगति, आइसिसीले गर्यो क्यानको निलम्बन फुकुवा


 


काठमाडौं, असाेज २७

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ। दुबईमा बसेको आइसिसीको बोर्ड बैठकले शर्त राखेर निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो। सन् २०१६ देखि क्यान निलम्बनमा थियो, जसका कारण नेपाली क्रिकेट पछाडि पर्दै धरासायीतर्फको यात्रामा थियो। प्रतिबन्ध फुकुवा भएसँगै क्रिकेट विकासमा टेवा पुग्ने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए।

साथै आइसिसीले जिम्वाब्बेको प्रतिबन्ध पनि फुकुवा गरेको छ। त्यसैगरी महिला क्रिकेटको पुरुस्कार समेत बढाउने निर्णय गरेको छ।

प्रकाशित मिति: २७ आश्विन २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्