सुनको मूल्य कति छ आज ?


 


काठमाडौं, वैशाख १८ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ ।

सोमबार प्रतितोला एक लाख ३७ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज (मंगलबार) पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

आज सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदी आज तोलामा १० रुपैयाँ घट्दै प्रतितोला एक हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: १८ बैशाख २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्