१३ औं साग : नेपाल दोस्रो स्थानमा, कुन देश कतिऔं स्थानमा ?
काठमाडौं, मंसिर २३
नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाल ४५ स्वर्ण पदकसहित दोस्रो स्थानमा रहेको छ । पहिलो नम्बरमा भारत रहेको छ । आइतबारका खेल सकिदासम्म भारत १ सय ३१ स्वर्णसहित पहिलो नम्ब्रमा रहेको हो ।
भारतले ७७ रजत, ४० कास्यसहित कुल दुई ४८ पदक जितेको छ । दोस्रो स्थानमा रहेको नेपालले ४५ स्वर्ण, ४४ रजत र ७५ कास्य गरि कुल एक सय ६४ पदक हात पारेको छ ।
यस्तै, श्रीलंका ३४ स्व्र्ण, ६६ रजत र ९३ कास्यसहित तेस्रो, पाकिस्तान २८ स्वर्ण, ३४ रजत र ४३ कास्यसहित चौथो, बंगलादेश आठ स्व्र्ण, २८ रजत र ६६ कास्यसहित पाँचौ, माल्दिभ्स एक स्वर्ण र दुई कास्यसहित छैटौं तथा नौ कास्यसहित पदक तालिकाको अन्तिम नम्बरमा रहेको छ ।
नेपालले आइतबार पौडी र जुडोमा एक÷एक पदक जितेको थियो । पौडीमा गौरीका सिंहले चारसहित मिटर फ्रिस्टाइलमा भारतीय खेलाडीलाई हराउँदै स्वर्ण जितेकी थिइन् । यस्तै, जुडोमा ५२ किलो तौल समूहमा स्वर्ण जितेकी थिइन् ।
सागको पदक तालिका
देश स्वर्ण कास्य रजत जम्मा
भारत १३१ ७७ ४० २४८
नेपाल ४५ ४४ ७५ १६४
श्रीलंका ३४ ६६ ९३ १९३
पाकिस्तान २८ ३४ ४३ १०५
बंगलादेश ८ २८ ६६ १०२
माल्दिभ्स १ ० २ ३
भुटान ० ० ९ ९
प्रकाशित मिति: २३ मंसिर २०७६, सोमबार