एमसीसी सैन्य रणनीति होइनः परराष्ट्रमन्त्री


 


काठमाडौं, माघ ६

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले अमेरिकाको मिलेनियम च्यालेन्स कर्पोरेशन एमसीसी सैन्य रणनीति नभएको दोहोर्याउँदै यसलाई पारित गर्न आग्रह गर्नुभएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका राष्ट्रियसभा सदस्यलाई यसबारे आज ब्रिफिङ गर्दै उहाँले यो विकासको अवधारणा भएको बताउनुभयो ।

राष्टिय सभा संसदीय दलको बैठकमा मन्त्री ज्ञवालीले एमसीसीबारे ब्रिफिङ गर्दै यो पारित गर्नुको विकल्प नभएको उल्लेख गर्नुभयो ।

२००४ देखि नै एमसीसी सम्झौताका लागि नेपालले पहल गरेको उल्लेख गर्दै मन्त्री ज्ञवालीले भन्नुभयो ‘यो गरिबी निवारण र पूर्वाधार विकास सम्बन्धी कार्यक्रम हो । इन्डोप्यासेफिक रणनीतिक वा सैन्य रणनीति हैन ।’

प्रकाशित मिति: ६ माघ २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्