मुक्तिनाथ विकास बैङ्क र कृषि कम्पनीका कर्मचारीलाई ‘सफलता र खुसी’


 


काठमाडौँ, ५ जेठ । मुक्तिनाथ विकास बैङ्क र मुक्तिनाथ कृषि कम्पनीका कर्मचारीका लागि ‘सफलता र खुसी’ कार्यक्रम सम्पन्न भएको छ ।
जीवन विज्ञान चाबहिलमा भएको कार्यक्रममा श्रद्धेय रमेश गुरुदेव र श्रद्धेय भानु गुरुदेवले जीवनलाई सफल र खुसी बनाउन अपनाउनु पर्ने वैज्ञानिक, व्यवहारिक र प्रयोगात्मक सूत्रहरूको अभ्यास गराउनु भयो ।
श्रद्धेय भानु गुरुदेवले सफलताका लागि मानिससँग लक्ष्य हुनुपर्ने र लक्ष्य पूरा गर्न ऊर्जा चाहिने बताउँदै त्यो ऊर्जाको व्यवस्थापनका लागि आवश्यक योग र ध्यानका विधिको छोटो प्रयोग र अभ्यास गराउनु भयो । उहाँले संस्थालाई सफल बनाउन संस्थामा रहेका व्यक्तिको विकास हुनुपर्ने बताउँदै व्यक्तिको विकासका लागि ध्यान महत्वपूर्ण हरेको बताउनुभयो ।
श्रद्धेय रमेश गुरुदेवले मानिस खुसी हुनका लागि आएको बताउँदै मानिस खुसी हुने आयामहरूबारे चर्चा गर्नुभयो । जबसम्म मानिस आफुतर्फ फर्कदैन तबसम्म आफुभित्रको खुसी, उमङ्ग, प्रेम, साहस, विचारको स्रोत पत्ता लगाउन नसक्ने स्पष्ट पार्नुभयो । उहाँले आफुमा रहेको कमजोरी र सवल पक्षको सुची बनाउँन लगाएर आफुतर्फ फर्कने कला सिकाउनु भइको थियो ।
मुक्तिनाथ विकास बैङ्कका सहयक प्रमुख कार्यकारी अधिकृत गोविन्दबहादुर राउतले सक्सेस एण्ड जोयले सफल र खुसी हुने सूत्र सिकाएको बताउदै यी सूत्र र अभ्यासहरू निरन्तर गर्ने र बैङ्कमा पनि निरन्तर गर्ने वतावरण सिर्जना गर्ने बताउनुभयो ।
मुक्तिनाथ कृषि कम्पनिका रामशरण तिम्सिनाले कम्पनीका लागि कार्यत्रममा सिकेका सूत्रहरू महत्वपूर्ण भएकाले जनशक्ति व्यवस्थापनका लागि जीवन विज्ञानसँग सहकार्यलाई निरन्तरता दिने बताउनुभयो ।
कार्यक्रममा मुक्तिनाथ विकास बैङ्क र मुक्तिनाथ कृषि कम्पनीको केन्द्रिय र शाखा कार्यालयका व्यवस्थापकीय तहमा रहेका एकसय भन्दा बढी कर्मचारीको सहभागिता थियो ।

प्रकाशित मिति: ५ जेष्ठ २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्