ट्रक दुर्घटनामा ६ जनाको मृत्यु


 


धादिङ, माघ ७

मंगलबार अपरान्ह धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ स्थित ससाह ज्यामिरेमा ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।

ज्वालामुखी गाउँपालिका वडा नं ४ को ढोलाको मण्डली मन्दिर गएर फर्कदै गरेको ग १ ख ८०१२ नम्बरको आईचर ट्रक अनियन्त्रीत भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीले जानकारी दिए।

दुर्घटनामा परी २५ जना भन्दा बढी घाईते भएका छन्। घाईतेहरुको उद्धार गरी अहिले जिल्ला अस्पताल धादिङबेसीमा उपचारका लागि ल्याईएको छ। हरेक हप्ताको मंगलबार ढोला मण्डलीमा पूजा गर्ने चलन छ।

प्रकाशित मिति: ७ माघ २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्