नेकपाको राजनीतिक प्रतिवेदन पास


 


काठमाडौं, माघ १९
नेकपा के्न्द्रीय कमिटी बैठकले राजनीतिक प्रतिवेदन पास गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदनमा उठेका प्रश्नहरुको जवाफ दिएका थिए । त्यसक्रममा उनले राजनीतिक प्रतिवेदनमा प्रस्तुत भएको इण्डो प्यासिफिक रणनीति अमेरिकाले चीनलाई घेर्न ल्याएको भन्ने शब्द हटाइने र अबदेखि पार्टीका दस्तावेजमा कूटनीतिक मर्यादा अनुकुलका शब्दहरुमात्र राखिने बताएका थिए ।
माघ १५ मा सुरु भएको पार्टी बैठकमा केन्द्रीय सदस्यहरुको प्रश्नको जवाफ अध्यक्षले दिनुअघि सचिवालय बैठक बसेको थियो ।

प्रकाशित मिति: १९ माघ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्