नाबालिकाको चरित्र हत्या गरेको आरोपमा शिक्षक पक्राउ


 


काठमाडौँ, वैशाख २६ । नाबालिकाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एकजना शिक्षकलाई पक्राउ गरेको छ ।

साइबर ब्युरोको टोलीले भक्तपुरको भक्तपुर नगरपालिका–४ काहालान्च घर भएका एक निजी विद्यालयका शिक्षक २८ वर्षीय युवकलाई भक्तपुरबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनले नाबालिकाले चलाएको फेसबुकबाट फोटो डाउनलोड गरेर नक्कली आइडी बनाई अश्लील कमेन्ट लेखेर चरित्रहत्या गरेका हुन् ।

प्रहरीले उनीविरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा पाँच दिनको म्याद लिएर अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

प्रकाशित मिति: २६ बैशाख २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्