गाउँपालिका अध्यक्षको दवावमा भ्रूण हत्या, आलुबारीमा भेटियो २१ हप्ताको भ्रूण


 



फिदिम, माघ २५
पाँचथरको कुम्मायक गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङको दबाबमा हत्या गरेर फालिएको भ्रूण आलुबारीमा भेटिएको छ । शुक्रबार दिउँसो सदरमुकाम फिदिममा सञ्चालित समर्पित अस्पताल परिसरको आलुबारीबाट प्रहरीले भू्रण फेला परेको हो।

आलुबारीमा प्लाष्टिकमा प्याक गरेर पुरेको अवस्थामा भू्रण फेला परेको पाँचथरका प्रहरी नायव उपरीक्षक शिद्धराज न्यौपानेले बताए । उनले भेटिएको भ्रूणको परीक्षण गर्न बाँकी रहेको बताए । समर्पित अस्पतालमा पुस २६ गते राति यासोकस्थित सुकुम्बासी दलित परिवारकी १९ वर्षीया युवतीको पेटमा हुर्किएको २१ हप्ताको गर्भपतन गराइएको थियो।

स्याबरुम्बाका रमेश खड्कासगँ प्रेम विवाह गरेकी युवतीको पेटमा गर्भ थियो। अन्तर्जातीय विवाहबाट गर्भवती भएपछि अध्यक्षसहित रमेशको परिवारले दबाब दिएर जबरजस्ती गर्भपतन गराएका थिए। अध्यक्षको दबाबमा भू्रणहत्या भएको समाचार प्रकाशित भएपछि गाउँपालिका अध्यक्ष जेम्जोङ फरार भएका छन् ।

पीडित युवतीले अध्यक्षसहित सातविरुद्ध जाहेरी दिएकी छन्। जाहेरी परेकामध्ये तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरी नायव उपरीक्षक न्यौपानेले फरार भएका अध्यक्षको पनि खोजी भइरहेको बताए ।

प्रकाशित मिति: २५ माघ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्