चीनबाट ल्याइएका १७५ नेपालीमा छैन कोरोना संक्रमण


 


काठमाडौं, फागुन १९

चीनबाट उद्धार गरी नेपाल ल्याइएका १ सय ७५ जनामा कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ।

खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका उनीहरुको प्रयोगशाला परीक्षणमा कोरोना भाइरसको संक्रमण फेला नपरेपछि सोमबारै घर फर्काइने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उनीहरूको रिपोर्टमा कोरोना नदेखिएकाले घर फर्काउने तयारी भएको बताउनुभयो ।
‘‘सबै जनाको ल्याब रिपोर्ट आइसकेको छ,’ उहाँले भन्नुभयो ,‘‘रिपोर्टमा सबै जनामा कोरोना भाइरसको संक्रमण देखिएन। त्यस कारण आजै घर फर्काउने तयारी भएको हो।’

क्वारेन्टाइनमा ल्याइएका उनीहरुको चीनबाट नेपाल आएको दिन पहिलो पटक नमुना परीक्षण गरिएको थियो। उक्त परीक्षणमा पनि उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको थियो।

विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार १४ दिनपछि पुनःपरीक्षण गर्दा पनि नेगेटिभ नै आएको हो।

प्रकाशित मिति: १९ फाल्गुन २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्