मिर्गौला प्रत्यारोपणपछि नयाँ ऊर्जासहित काममा फर्कन्छुः प्रधानमन्त्री


 


काठमाडौं, फागुन १९

मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीलाई भिडियो सन्देश दिँदै पुनः मिर्गौला प्रत्यारोपणपछि थप उर्जा लिएर काममा फर्किने विश्वास व्यक्त गर्नुभएको छ ।

त्रिवि शिक्षण अस्पतालमा सोमबार भर्ना हुनुपूर्व भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यलाई लिएर ढुक्क रहन आग्रह पनि गर्नुभएको छ । ‘केही दिनको अस्पताल बसाई र आरामपछि थप उर्जा र आत्मविश्वास लिएर काममा फर्किनेछु’ उहाँले भन्नुभएको छ ।

ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गर्ने तयारी छ । उहाँलाई भान्जीले मिर्गौला दिनेछिन् । भिडियो सन्देशमा प्रधानमन्त्री ओलीले आफूले जगाएका सपनाहरुलाई बीचमा छाडेर अलप नहुनेसमेत बताउनुभएको छ । ‘संसारमा केही पनि अजम्बरी छैन । मेरो यो संकल्प पनि अजम्बरी बन्न होइन । हाम्रा जाग्रित हुँदै गरेका सपनाहरुलाई साकार पार्न हो’, उहाँले भन्नुभएको छ ।

प्रकाशित मिति: १९ फाल्गुन २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्