प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफल


 


काठमाडौं, फागुन २१

अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ ।
प्रधानमन्त्री अस्पताल भर्ना भएदेखि नै स्वदेश तगथा विदेशमा रहेका नेपालीहरु उहाँको स्वास्थ्यलाभको कामनामा थिए ।

त्रिवि शिक्षण अस्पताल, महारागजञ्जमा बुधबार करिव ४ घन्टा लगाएर मिर्गौला प्रत्यारोपण गरिएको चिकित्सकहरुले बताएका छन् ।

ओलीलाई भान्जी समिक्षा संग्रौलाले मिर्गौला दिएकी हुन् । प्राध्यापक डा. अरुण शायमीका अनुसार प्रधानमन्त्री ओलीको शरीरमा मिर्गौला प्रत्यारोपण गरेर टेष्ट गर्दा युरिन सपोर्ट गरेको छ ।

प्रकाशित मिति: २१ फाल्गुन २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्