कोरोना त्रासः प्रदेश १ मा उच्च सतर्कता


 


विराटनगर, फागुन २१

कोरोना त्रास फैलिएपछि प्रदेश १ सरकारले उृच्च सतर्कता अपनाएको छ ।

कोरोना भाइरस संक्रमितलाई उपचार गर्न प्रदेश १ मा २८ शैय्याको आइसोलेसन वार्ड तयार भएको प्रदेश सरकारले जानकारी दिएको छ ।

शंकास्पद बिरामीलाई ‘आइसोलेसन वार्ड’ मा राखेर उपचार गर्न चार वटा अस्पतालमा २८ शैय्याको व्यवस्था गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सामाजिक विकास मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य महाशाखाका प्रमुख डा शुरेश मेहताा अनुसार प्रदेका ठूला अस्पतालमा २८ शैय्याको आइसोलेसन वार्ड तयार गरिएको हो ।

विराटनगरस्थित विराट मेडिकल कलेजमा १२ वटा आइसोलेसन वार्ड तयार भएको छ । त्यसैगरी धरानस्थित बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानमा १०, कोशी अञ्चल अस्पतालमा ५ र नोवेल मेडिकल कलेजमा आईसीयूसहितको आइसोलेसन वार्ड तयार गरिएको छ ।

विर्तामोडस्थित बीएण्डसी मेडिकल कलेज र मेची अञ्चल अस्पतालमा आइसोलेसन वार्डको तयारी छ ।

अस्पताल र ल्याबका चिकित्सकलाई विशेष प्रकारको तालिम दिने व्यवस्थासमेत मिलाइएको छ । त्यसैगरी कोशी अञ्चल अस्पतालमा प्रदेश आपलकालीन स्वास्थ्य व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याइएको छ ।

प्रकाशित मिति: २१ फाल्गुन २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्