प्रधानमन्त्रीको होस खुल्यो


 


काठमाडौ , फागुन २१

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण शल्यक्रियापछि होस खुलेको छ।

शल्यक्रियामा संलग्न चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीको केहीबेरअघि होस खुलेको हो। उहाँको नयाँ मिर्गौलाले काम गर्न पनि थालिसकेको छ।

‘नयाँ किड्नीले काम गर्न पनि थालिसकेको छ,’ ती चिकित्सकले भने। प्रधानमन्त्रीलाई अहिले पोष्ट अपरेटिभ वार्डमा सारिएको छ।

प्रकाशित मिति: २१ फाल्गुन २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्