प्रधानमन्त्रीको स्वास्थ्य निरन्तर सुधारतर्फ


 


काठमाडौं, फागुन २२

उच्च आत्मविश्वासका कारण पटक–पटक मृत्युलाई जित्दै आउनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा तीव्र सुधार भइरहेको चिकित्सकले बताएका छन् ।

उहाँको बुुधबार दोस्रोपटक मिर्गोला प्रत्यारोपण गरिएको थियो। प्रत्यारोपणपछि उहाँले बिहीबार बिहान कालो चिया पिएको उपचारमा संलग्न डाक्टरहरुले बताएको उपप्रधानमन्त्री ईश्वर पोखरेलले जानकारी दिनुभएको छ ।

बिहीबार बिहान प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न शिक्षण अस्पताल पुग्नुभएका उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था क्रमशः सुधार हुँदै गएको र बिहीबार बिहान कालो चियाए पिएको उपचारमा संलग्न डाक्टरहरुले जानकारी दिएको बताउनुभयो । चिकित्सकहरुको भनाइ उदृत गर्दै उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, ‘उहाँको स्वास्थ्य अवस्था सामान्य छ। बिहान कालो चिया खुवाइएको छ।’

उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन रक्षामन्त्रीसँगै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र प्रधानसेनापति पूर्णचन्द्र थापालगायतका उच्च पदस्थ व्यक्तित्वहरु शिक्षण अस्पताल पुग्नुभएको थियो । प्रधानमन्त्री ओलीलाई भेट्न भने दिइएको छैन्।

हाल प्रधानमन्त्री ओलीलाई शल्यक्रिया कक्षबाट प्रत्यारोपण उपचारकक्षमा राखी उपचारलाई निरन्तरता दिइएको छ। उहाँको पछिल्लो स्वास्थ्यस्थतिबारे अस्पतालले हरेक दिन ४ बजे औपचारिक जानकारी दिनेछ।

प्रकाशित मिति: २२ फाल्गुन २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्