भोलि होला त राप्रपा एकता ?


 


काठमाडौं, फागुन २२

पूर्व पञ्चहरुको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबीच एकता हुने हल्ला चलेको धेरै भइसक्यो ।

तर, कहिले राजसंस्थाको त कहिले चुनाव चिन्हको विवादले यो टर्दै आएको छ । अहिले फेरि एकता प्रक्रिया अन्तिम तयारीमा पुगेको दाबी नेताहरुबाट आएको छ । मुलुकमा ‘कन्जरभेटिम’ शक्तिको आवश्यकता महसुस गरेका यी दुई राजावादी दलको एकता के सम्भव होला ? नेताहरुका दाबी पत्याउने हो भने यो प्रक्रिया अन्तिम चरणमा छ ।

उनीहरुका अनुसार शुक्रबार सहमतिमा हस्ताक्षर गर्ने तयारी भइरहेको छ ।

राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले एकता प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनुभयो ।

सहमतिअनुसार एकतापछि कमल थापा, पशुपति समशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी अध्यक्ष रहने छन् । सबै तहमा राप्रपाबाट ५५ प्रतिशत र राप्रपाबाट ४५ प्रतिशत प्रतिनिधित्व हुने सहमति भएको छ ।

प्रकाशित मिति: २२ फाल्गुन २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्