श्रृंखलाबद्ध चोरीले त्रास बढायो


 


इनरुवा, फागुन २३

इनरुवा–६ को मधेशा क्षेत्रमा चोरीका घटना बढेका छन् । श्रृंखलाबद्ध चोरीका घटना हुन थालेपछि असुरक्षाको भयले स्थानीयबासी त्रस्त बनेका छन् ।

यही साताभित्रै मधेशाका दुई घरबाट लाखौंको धनमाल चोरी भएको छ । तर, घटनामा संलग्नहरुबारे प्रहरीले कुनै जानकारी सार्वजनिक गरेको छैन । यसले पनि गाउँमा त्रास बढाएको हो ।

गएको मंगलबार राति स्थानीय पशुपति निरौलाको घरमा कोही नभएको मौका छोपेर दराजभित्र रहेको ८ तोला सुन, नगद ४५ हजार नगद चोरी भएको छ । त्यसअघि सोही गाउँका कृष्ण गौतमको घरबाट पनि धनमाल चोरी भएको थियो । ‘गाउँमा चोरीका घटना ह्वात्तै बढेका छन्’, स्थानीयबासी प्रविण निरौलाले भने ‘प्रहरीले यहाँ सुरक्षा सतर्कता बढाउन जरुरी देखिन्छ ।’

प्रकाशित मिति: २३ फाल्गुन २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्