एक सय पाँच किलो गाँजा बरामद


 


काठमाडौँ, ७ जेठ । सुनसरीबाट करिब एक सय पाँच किलो गाँजा बरामद भएको छ ।

सशस्त्र प्रहरीले आज साँझ बराहक्षेत्र नगरपालिका–५ स्थित धरान कालाबन्जारको भित्री सडक खण्डबाट गाँजा बरामद गरेको हो ।

सुरक्षा बेस चतराबाट खटिएको मोबाइल गस्तीको टोलीले विशाल चोकबाट कालाबन्जारको जङ्गलतर्फ आउदैँ गरेको अटो नियन्त्रणमा लिइ जाँच गर्दा गाँजा फेला परेपछि बरामद गरेको जिल्ला प्रहरीका डिएसपी शैलेन्द्र थापाले बताउनुभयो ।

उहाँका अनुसार १ ह ६७४२ नं. को अटोलाई शंका लागि चेकजाँच गर्ने क्रममा चार वटा पोकामा प्रतिबन्धित लागू औषध गाँजा फेला परेको हो ।

प्रकाशित मिति: ७ जेष्ठ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्