बैतडीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु, ६ जना घाइते


 



धनगढी, फागुन २५
कैलालीको धनगढीबाट दार्चुला जाँदै गरेको जीप बैतडीमा दुर्घटना हुँदा चालकको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा परेर ६ जना घाइते भएका छन्, जसमा चार जना गम्भीर घाइते भएका छन् ।

अनटेष्ट १२५७ नं. को जीप दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटनमा पनतोलीमा दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाउनेमा चालक दार्चुला दुहु गाउँपालिकाका ३५ वर्षीय धनसिंह बडाल रहेका छन् ।

घाइते हुनेमा दार्चुला दुहु ४ कै २३ वर्षीय सुरेन्द्र बम, ३८ वर्षीय हरकसिंह बडाल, ४१ वर्षीय प्रेमबल्लब जोशी, ४१ वर्षीय धनराज जोशी, २० वर्षीय हेमन्ती बम र २२ वर्षीया द्रोपती जोशी रहेका छन् ।

जीप सडकबाट २५० मिटर तल खसेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।दुर्घटनाको कारण नखुलेको र यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २५ फाल्गुन २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्