सवारी दुर्घटनामा गयो दुईजनाको ज्यान


 


विराटनगर, फागुन २६

सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या लगातार बढिरहेको छ ।

सुनसरी र मोरङका २ स्थानमा आइतबार साँझ भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ।

आइतबार साँझ सवा ५ बजेको समयमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना।७ख ७१८१ नम्बरको तेलको ट्याङकरले सुनसरीको इनरुवा नगरपालिका(६ घोपाली टोलमा पैदल यात्रीलाई ठक्कर दिँदा घाईते भएकी स्थानीय ४८ वर्षीया मोनीमाया गिरीको उपचारको क्रममा जिल्ला अस्पताल इनरुवामा बेलुका सवा ७ बजे मृत्यु भएको हो।
यसैगरी मोरङको बेलवारी नगरपालिका(९ मा मोटरसाईकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ।
आइतबार राति साँढे ८ बजेको समयमा बेलवारी(९ नलवारी सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे ८ प ५२२८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका मोटरसाइकल चालक बेलवारी नगरपालिका(१० का २८ वर्षीय तेज बहादुर धिमालको बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा राती पौने ११ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ।

प्रकाशित मिति: २६ फाल्गुन २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्