लम्बियो लकडाउन, बैशाख २५ सम्मलाई थप


 


काठमाडौं , बैशाख १४

सरकारले लकडाउनलाई वैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । चौथोपटक थपिएको लकडाउन सोमबार सकिँदै थियो ।

कोभिड(१९ सम्बन्धी उच्चस्तरीय समन्वय समिति अन्तर्गत गठन भएको मुख्यसचिव नेतृत्वको कार्यदलले एक साता लकडाउन थप्न सुझाव दिएको थियो ।

प्रकाशित मिति: १४ बैशाख २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्