रौतहटमा संकास्पद कोरोना संक्रमितको संख्या बढ्यो


 



रौतहट, वैशाख १५
रौतहटमा संकास्पद कोरोना भाइरस संक्रमितको संख्या बढेको छ । कोरोना संक्रमितको आशंका गरिएका व्यक्तिहरूलाई विभिन्न ठाउमा क्वारेन्टाइन निर्माण गरिएका छन् ।

जिल्लाको बिभिन्न २६ स्थानमा रहेको क्वारेन्टाइनहरुमा आइतवार साँझ सम्म १९ जना महिलासहित ३ सय १० जना शंकास्पद व्यक्तिहरुको उपचार भइरहेको  रौतहटका सिडिओ बाशुदेव घिमिरेले बताए ।

जिल्लाको बिभिन्न क्वारेन्टाइनमा लगातार २ हप्ता बसेर हालसम्म दुुईसय ७९ जना घर फर्किसकेका जिल्ला प्रशासन कार्यालयका नासुु रामनरेस साहले जानकारी दिए । 

भारतलगायत विभिन्न स्थानबाट आउनेहरुलाई १६ दिनसम्म नियमित क्वारेन्टाइनमा राख्ने व्यवस्थाअनुसार त्यस्ता शंकास्पद व्यक्तिहरुको संख्या बढेको छ ।

जिल्लाभरीमा कुुल २ सय ७७ जनाको थ्रोटस्वाब जाँचको लागि जनकपुर प्रादेशिक असपताल पठाइएकोमा १ सय ६१ जनाको निगेटिभ १ जनाको पाजेटिभ रिपार्ट आएको छ । अन्यको रिपोर्ट आउन बाँकी रहेको  जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । 

प्रकाशित मिति: १५ बैशाख २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्