सुनको मूल्य एकैदिन २ हजार ७ सय रुपैयाँ घट्यो


 


काठमाडौं, वैशाख १९ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

सुन आज तोलामा दुई हजार सात सय रुपैयाँले घट्दै प्रतितोला एक लाख ३४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन हिजो प्रतितोला एक लाख ३७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन आज तोलामा २० रुपैयाँ घट्दै प्रतितोला एक हजार ६ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: १९ बैशाख २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्