बानेश्‍वरमा ग्यास लिक भएर आगलागी, ३ घाइते


 


काठमाडौँ, बैशाख १८
नयाँ बानेश्वरस्थित एक पसलमा ग्यास लिक भएर आगलागी हुँदा ३ जना घाइते भएका छन् । बुधबार राति ८ बजे नयाँ बानेश्‍वारस्थित देउराली क्लब नजिकैको ग्यास पसलमा आगलागी हुँदा ३ जना घाइते भएको महानगरीय प्रहरी वृत बानेश्‍वरका डीएसपी दुर्गा रेग्मीले बताए ।

घाइतेहरुको अवस्था सामान्य रहेको र उनीहरुको सिभिल अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।

आगलागीबाट पसल अगाडि पार्किङ गरेर राखिएको बा ७१ प ७४१ नम्बरको स्कुटर जलेको छ ।

डीएसपी रेग्मीले भने,’ग्यास पसलभित्रको कुनै सिलिन्डरबाट ग्यास लिक भएको रहेछ । सटर बन्द हुँदा लिक भएको ग्यास बाहिर निस्कन नपाउँदा अत्याधिक चापका कारण सटर पनि भत्किएको देखिन्छ ।’

प्रकाशित मिति: १८ बैशाख २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्