हुण्डी कारोबारमा संलग्न लाखाैँ रूपैयाँसहित एक जना पक्राउ


 


पर्सा, बैशाख १८
पर्सामा अवैध वित्तिय कारोवार(हुण्डी) कारोबारमा संलग्न एक जनालाइ प्रहरी टोलीले बुधबार लाखाैँ रूपैयाँसहित पक्राउ गरेको छ ।

पर्सा विरगन्ज महानगरपालि का१६ रजतजयन्ती चौक स्थित सडकमा भारतको रक्सौलबाट बीरगंजतर्फ आउदै गरेको ना.६२ प ९५७१ नं.को मोटर साइकलमा सवार व्यक्तिबाट अवैध रकम सहित प्रहरीले लालबाबु कुमार यादव पक्राउ गरेको हो ।

इनर्वागाँउ बस्ने यादवले ढाडमा भिरेको झोला भित्रको स्रोत खुल्न नसकेको नेपाली एघार लाख पचास हजार रुपैयाँ फेला पारी सो नगद र मो.सा.सहित निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १८ बैशाख २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्