नुहाउन गएका युवक कर्णाली नदीमा बेपत्ता




सिमिकोट, वैशाख १८
कर्णाली नदीमा नुहाउनेक्रममा बगेर जुम्लाका एक युवक बेपत्ता भएका छन् । जुम्लाको कैलाश गाउँपालिका–१० मकावनपुर घर भइ हाल हुम्लाको नाम्खा गाउँपालिका–१ को च्याछराभिर विस्फोटन गर्ने काम गर्दै आएका २१ वर्षीय टसी बल बेपत्ता भएका हुन् ।

काम गरेर कर्णाली नदीमा नुहाउन गएका बल बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए ।

बेपत्ता बलको खोजीकार्य चलिरहेको र अहिले कर्णाली नदी नजिक रहेका प्रहरी चौकीबाट प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News