पश्चिमी भागमा वर्षा हुने, बाढी आउने भएकाले सतर्क रहन आग्रह


 



काठमाडौं, जेठ १६
नेपालको पश्चिमी भागमा आज मौसम बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

पश्चिमी भागमा मौसम दिनभर बदलीसंगै वर्षा हुने विभागले जनाएको छ। पश्चिम भूभागमा चाहिँ आज दिनभरी आकास खुल्ने सम्भावना नरहेको मौसमविद गंगा नगरकोटीले बताइन् ।

अहिले पश्चिमी र स्थानीय वायुको प्रभाव छ । पूर्वी भूभागमा निम्न चापिय रेखा छ । त्यसैले काठमाडौं उपत्यकासहित पश्चिमी भूभागमा बदली र वर्षा भएको हो ।

काठमाडौं उपत्यका भने बिहानमा पानी रोकिने र दिउँसो फेरि बादल लागेर वर्षा हुने पूर्वानुमान गरिएको छ । त्यसैले बाढी सूचना केन्द्रले पनि पश्चिमका जिल्लाहरुका नदीमा बहाव बढ्न सक्ने भन्दै सतर्क रहन सूचित गरेको छ ।

केन्द्रका अनुसार वर्षाका कारण हाल कास्की, गोरखा, तनहुँ, लमजुङ, धादिङ, नुवाकोट, काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा मध्यम वर्षा भइरहेको छ । थप वर्षा पनि हुन सक्ने र ससाना नदीमा बहाव बढ्न सक्ने भएकाले सतर्क रहन केन्द्रले आग्रह गरेको छ ।

प्रकाशित मिति: १६ जेष्ठ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्