७ वर्षीया बालिका बलात्कार आरोपमा भोजपुरको षडानन्दबाट एक जना पक्राउ


 


भोजपुर, वैशाख २३ । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुरको षडानन्द नगरपालिका–१ खोवाचा बस्ने ३० वर्षीय अमृत मंग्रातीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

मंग्रातीले ती बालिकालाई वैशाख ११ गते दिउँसो सोही ठाउँस्थित झाडीमा लगेर ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कुदाकाउलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: २३ बैशाख २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्