कस्तो छ आज देशभरको मौसम ?


 



काठमाडौं, जेठ २२
देशभर आजभोलि मौसम सामान्य बदली भइरहेको छ । अहिले नेपालमा स्थानीय वायु, पश्चिमी वायु र अरब सागरमा रहेको चक्रवातको प्रभावले गर्दा मौसममा फेरबदल भइरहेको छ ।

आज पनि देशका विभिन्न ठाउँमा सामान्य बदलीदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले प्रदेश १, प्रदेश २ र बगमती प्रदेश बाहेकका प्रदेशका केही स्थानमा हल्का वर्षा भएको छ ।

दिउँसो देशका अधिकांश क्षेत्रमा पूर्णदेखि सामान्य बदली हुने जनाइएको छ । पश्चिममा पूर्ण बदली तथा मध्य र पूर्व क्षेत्रमा सामान्य बदली हुने मौसमविदले बताएका छन् ।

पश्चिम, मध्यपश्चिम र सुदूरपश्चिमका केही स्थान तथा मध्य र पूर्वका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ । राति पनि पश्चिमका अधिकांश क्षेत्रमा पूर्ण बदली रही मध्य र पूर्वमा सामान्य बदली हुने सम्भावना महाशाखाले जनाएको छ।

प्रकाशित मिति: २२ जेष्ठ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्