साना हतियारले बढायो सुरक्षा चुनौती



सर्लाही, जेठ ३१

छिमेकी मुलुक भारतसँग सीमा जोडिएका तराई– मधेशका जिल्लामा साना हतियार सधैँ चुनौतीको विषय बन्ने गरेको छ ।

सीमाक्षेत्रका बजारमा सहजै पाउन सकिने साना हतियार आपराधिक क्रियाकलापमा प्रयोग हुँदै आएको पाइएको छ । अवैध हतियार बोकेर नेपाल प्रवेश गर्ने भारतीय तथा नेपालीको समूह रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले बताउनुभयो । साना हतियारको प्रयोगबाट तराईका क्षेत्रमा आपराधिक गतिविधि हुने गरेको प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक पोखरेलले खुला सिमानको दुरुपयोग गरी अवैध लागुऔषध सहजै नेपाली बजारमा आउने गरेकाले यसलाई रोक्ने प्रयास गरिरहेको बताउनुभयो । “हामीले सीमाक्षेत्रमा निकै कडाइ गर्दै आएका छौँ तर पनि खुला सिमाना भएकाले कतै न कतैबाट चोरबाटो हँुदै अवैध लागुऔषध बोकेर नेपाल प्रवेश गर्ने आपराधिक समूह रहेकाले उच्च सतर्कताका साथ खटेर काम गरेका छौँ”, उपरीक्षक पोखरेलले बताउनुभयो ।

सीमाक्षेत्रको भारतीय बजारमा अवैध लागुऔषध खुला बिक्री हुने हुँदा चुनौती बढेको प्रहरी उपरीक्षक पोखरेलको भनाइ छ । यसबाट दुवै देशका नागरिकलाई सुरक्षा चुनौती बढेको उहाँले बताउनुभयो । साना हतियारको प्रयोगबाट धेरैको ज्यान पनि गएको जनाइएको छ । हत्या, अपहरण, लुटपाटजस्ता अपराधमा साना हतियार प्रयोग हुने हुँदा यसले चुनौती थप्ने गरेको प्रहरीको भनाइ छ । सुरक्षा अधिकारीकोे सीमा बैठकमा साना हतियार तथा अवैध लागुऔषधको विषयमा कुरा उठ्ने गरेको पाइएको छ ।
यसलाई रोक्नुपर्नेमा भारतीय अधिकारीसमेत सहमत हुँदै आएका छन् । प्रमुख जिल्ला अधिकारी मोहनराज जिसीले तराई –मधेशका सबै जिल्लाको सिमाना खुला रहेका कारण अवैध लागुऔषधको ओसारपसार गम्भीर चुनौती भएको बताउनुभयो ।

खुला सीमा भएकाले समस्या हुने गरेका कारण दुवै देशका सुरक्षा अधिकारीले एकार्कालाई सहयोग ग¥यो भने समस्या समाधानमा सहज हुने विश्वास रहेको प्रजिअ जिसीले बताउनुभयो । लागुऔषध शरीरको कुनै पनि भागमा सहजै लुकाएर ल्याउने गरेको उहाँको भनाइ छ । साना सवारी साधनको केही भागमा लुकाएर अवैध लागुऔषध ओसारपसार गर्दै आएको पाइएको र खुला सिमानाका कारण नियन्त्रण निकै चुनौतीपूर्ण रहेको प्रजिअ जिसीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News