क्वारेन्टिनमा फेरि मृत्यु, १० दिनसम्म आएन नतिजा



दाङ जेठ ३१
दाङमा क्वारेन्टिनमा बसेका प्युठानका एक युवकको मृत्यु भएका छ । प्युठानको माण्डवी गाउँपालिका वडा नम्बर ४ घर भएका १८ वर्षीय युवकको मृत्यु भएको हो ।

भारतबाट आएका उनी जेठ १२ गते बंगलाचुली गाउँपालिकाको भुटनेटा क्वारेन्टिनमा बसेका थिए । उनलाई बान्ता हुनुका साथै स्वासप्रस्वासमा समस्या भएपछि उनलाई शनिबार आज बिहान उपचारका लागि बुटवल ल्याइएको थियो ।

तर उनको मृत्यु भएको माण्डवी गाउँपालिकाका अध्यक्ष भक्त बहादुर ओलीले जानकारी दिएका छन् ।

उनको थ्रोट स्वाब भेन क्वारेन्टिनमा बस्दा नै संकलन भएको थियो । जेठ २१ गते स्वाव संकलन गरेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा पठाइए पनि रिपोर्ट आएको छैन ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News