कोरोना प्रभावित व्यक्ति नआउन भनेर धारामा छोडिएको करेन्ट लागेर महिलाको मृत्यु


 



डोटी, असार ६
डोटीको आदर्श गाउँपालिकामा करेन्ट लगाएको धाराबाटकरेन्ट लाग्दा एक महिलाको मृत्यु भएको छ ।

गाउँपालिकाको वडा नम्बर ७ मा कोरोना प्रभावित व्यक्ति नआउन भनेर करेन्ट छोडिएको धाराबाट करेन्ट लागेर २६ वर्षीया तुल्सी बाघको मृभएको हो ।

कोरोना प्रभावित व्यक्ति धारामा नुहाउन आउने गरेको भन्दै स्थानीय १९ वर्षीय सुर्ज किमाडीले पानीको ट्याङ्कीमा बिजुलीको तार हालेका स्थानीले बताएका छन् ।

सार्वजनिक धारामा भारतबाट आएका कोरोना संक्रमित पनि पानी भर्न आउने गरेको भन्दै करेन्ट छाडेको किमाडीले स्वीकार गरेका छन्। किमाडीलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ।  शव अहिले जिल्ला अस्पताल डोटी ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घरबाट बिजुली र ग्याबिन जालीको तार जोडेर लगाएपछि धारामा करेन्ट प्रवाह भएको थियो। मृतक महिला बाल विकासमा सहयोगी कार्यकर्ताको रुपमा समेत क्रियाशील थिइन्।

प्रकाशित मिति: ६ असार २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्