बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने


 



मकवानपुर, ८ जेठ । बागमती प्रदेशसभामा यही जेठ १४ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको छ ।

सभामुख भुवनकुमार पाठकले आज सो जानकारी दिनुहुँदै जेठ १४ गते प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमलाई सार्वजनिक गर्न दलहरु बीचमा सहमति भएको बताउनुभयो । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोही दिन सरकारको नीति तथा कार्यक्रमलाई सार्वजनिकरण गर्नुहुने प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: ८ जेष्ठ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्