क्वारेन्टाइनमा बसेका युवाको मृत्यु


 


बाग्लुङ, असार २१
बाग्लुङको निसीखोलामा क्वारेन्टाइनमा बसेका एक युवाको मृत्यु भएको छ ।

निसीखोला गाउँपालिका वडा नम्बर २ का २९ वर्षीय सुनिल विकको क्वारेन्टाइनमै मृत्यु भएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख मिलन मल्लले जानकारी दिए ।

केही समय अगाडी भारतबाट आएर ढोरपाटन नगरपालिका वडा नम्बर ४ खुङ्गा स्थित छोरेगाउँ माविको क्वारेन्टाईनमा बसेका उनको आइतबार मृत्यु भएको डा।मल्लले बताए ।

लामो समयदेखि भारतमा बस्दै आएका विक किड्नी सम्बन्धि रोगबाट ग्रसित थिए ।

उनको पिसिआर रिपोर्ट अहिलेसम्म आएको छैन । रिर्पोट आएपछि उनको दाहसंस्कार गरिने डा।मल्लले बताउनुभयो । नेपाल आर्मीले उनको शव व्यवस्थापन गर्ने बताइएको छ ।

प्रकाशित मिति: २१ असार २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्