हुण्डीको एक करोड रुपैयाँसहित तीन जना पक्राउ


 



काठमाडौं, कात्तिक १८
प्रहरीले हुण्डीका लागि तयारी अवस्थामा राखिएको १ करोड रूपैयाँसहित तीन जना पक्राउ गरेको छ। 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले झापाका विकास मित्तल, कमल मित्तल र पर्वतका गणेश पौडेललाई उक्त रकम सहित पक्राउ गरिएको ब्यूरोका निर्देशक डीआइजी सहकुल थापाले बताए।

उनीहरूलाई सोमबार काठमाडौं ओमबहालबाट नियन्त्रणमा लिएको हो। उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १८ कार्तिक २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्