दाङमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार तीन किशोरको मृत्यु


 



दाङ, कात्तिक २६
दाङमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार तीनजना किशोरको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गको मौरीघाटमा ना ६ ख ३३४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आएको मोटरसाइकललाई ठक्कर दिएको थियो । रा ५ प ६७३३ नम्बरको मोटरसाइलकलाई ठक्कर दिँदा त्यसमा सवार तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक अनियन्त्रित भएर पल्टिएको छ । मृत्यु हुने तीनजना नै दाङका रहेका छन् ।

दाङ जिल्ला प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काका अनुसार मृतक तीनै जना किशोर राप्ती गाउँपालिकाका हुन। राप्ती गाउँपालिका वडा नं। ५ सिसहनियाका १६ वर्षीय मनोज गाहा, राप्ती २ लालमटियाका १८ वर्षीय कसम पुन र राप्ती ८ पिपरीका १८ वर्षकै दिनेश घर्तीको सवारी दुर्घटनामा मृत्यु भएको डिएसपी खड्काले जानकारी दिए।

घाइते तीनै जना किशोरलाई उपचारका लागि लमही अस्पताल पुर्‍याए लगतै चिकित्सकले सबैलाई मृत घोषणा गरेका थिए।

एसपी चन्दले दूर्घटनामा परेर मृत्यु भएका तीनै जना किशोरसँग कुनैपनि कागज पत्र वा पर्स समेत फेला नपरेको बताए। उनीहरू दुर्घटनामा परेपछि पहिला त्यहाँ पुग्नेहरूले पैसा तानेर लगिदिए जस्तो देखिन आएको उनले बताए ।

प्रकाशित मिति: २६ कार्तिक २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्