नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या १२ सय नजिक


 


काठमाडौं, कार्तिक २७
नेपालमा कोरोनाबट थप १५ जनाको मृत्यु भएको छ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १ सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा १ हजार ९ सय १३ भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४ हजार २ सय ४२ पुगेको छ। कुल संक्रमितमध्ये ३८ हजार ४ सय ६१ जना सक्रिय संक्रमित छन्। 

प्रकाशित मिति: २७ कार्तिक २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्