मानव बेचविखनका फरार अभियुक्त पक्राउ


 


काठमाडौं, मंसिर १९
विभिन्न प्रलोभन देखाई मानव बेचविखन गर्ने कार्यमा संलग्न फरार अभियुक्त पक्राउ परेका छन् । मोरङ कटहरी गाउँपालिका–९ घर भएका २९ वर्षीय राज चौधरी भन्ने राजेश कुमार चौधरी काठमाडौं गोंगबुबाट पक्राउ परेका हुन् ।

चौधरीले ४ जना महिलालाई वैदेशिक रोजगारीमा आकर्षक तलब दिलाईदिने प्रलोभनमा पारी गैरकानूनी तवरले भारतबाट श्रीलंका हुँदै कुवेत पुर्‍याई बेचबिखन गर्ने उद्देश्यले नेपालगंजको रुपेडिया नाकाबाट भारतको दिल्ली पुर्‍याई १५ दिनसम्म बन्धक बनाई राखी शारीरिक र मानसिक शोषण गरी राखेको खुल्न आएको छ ।

पीडितहरु कोही नभएको मौका पारी भागेर भारतीय प्रहरीको सम्पर्कमा पुगी शान्ति पुनर्स्थापना केन्द्रको समन्वयमा नेपाल फिर्ता भए पश्‍चात उनीहरुले दिएको जाहेरीको आधारमा उन पक्राउ परेका हुन् । उनी उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १९ मंसिर २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्