सुरक्षा घेराभित्र ओली पक्षको भेला, प्रचण्ड–माधव पक्ष सडकमा


 



धनगढी, पौष ५
केन्द्रीय राजनीति आएको उथलपुथलको असर देशका विभिन्न ठाउँमा परेको छ । त्यसैक्रममा आज धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओली निटक युवाहरुले सुरक्षा घेरामा प्रदेशस्तरीय भेला आयोजना गरेका छन्। कार्यक्रम पूर्वनिर्धारित भएपनि भेलामा ओली पक्षको मात्रै सहभागिता रहेको छ ।

राष्ट्रिय एकताका लागि जनदवाव कार्यक्रम आयोजना गरिएका बेला प्रधानमन्त्री ओली पक्षले संसद विघटन गरेका छन् । ओमप्यालसमा कार्यक्रम भइरहेको छ भने गेटमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिइरहेका छन् ।

भेलामा नेकपाका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापा, राष्ट्रिय सभा सदस्य निरु पाललगायतको सहभागिता रहेको छ ।

ओली पक्षले भेला आयोजना गरेका छन् भने अर्का अध्यक्ष पुष्पकमदल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधव नेपाल पक्षका युवाहरुले प्रदर्शन गरेका छन् । चौराहाबाट र्यालीसहित निस्किएका युवाहरुको समूह पार्कमोडमा कोणसभामा परिणत भएर सकिएको छ ।

कोणसभालाई नेकपाका प्रदेश सदस्य रमेश धामीलगायतका नेता तथा कार्यकर्ताहरुले सम्बोधन गरेका थिए । उनीहरुले प्रधानमन्त्री ओलीको कदम संविधान विपरित रहेको भन्दै विरोध गरेका थिए ।

प्रकाशित मिति: ५ पुस २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्