चीनले कोरोनाविरुद्धको ५ लाख डोज खोप अनुदानमा दिने


 



काठमाडौं, माघ २४
चीनले नेपाललाई कोरोना भाइरसविरुध्दको ५ लाख डोज उपलब्ध गराउने भएको छ ।

शुक्रबार साँझ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसंगको टेलिफोन कुराकानीमा चीनका विदेश मन्त्री वाङले ५ लाख डोज खोप अनुदानमा दिने प्रतिवद्धता जनाएका हुन् ।

यसअघि आइतबार नेपालस्थित चिनियाँ दूतावासले तीन लाख डोज खोप नेपाललाई अनुदानमा दिने जनाएको थियो ।

यद्यपी अहिलेसम्म चिनियाँ कम्पनी सिनोफार्मले निर्माण गरेको खोप नेपालमा आपतकालीन प्रयोगको अनुमति दिइसकेको छैन ।

चिनियाँ खोप ७९ दशमलव ३४ प्रतिशत प्रभावकारी देखिएको छ । सिनोफर्मले उत्पादन गरेको खोप अढाई करोड डोज खोप प्रयोगमा आइसकेको छ ।

भारतले यसअघि नै नेपाललाई १० लाख डोज खोप अनुदानमा दिएको थियो ।

प्रकाशित मिति: २४ माघ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्