कैलालीमा माटोको ढिस्कोले पुरिएर तीनजनाको मृत्यु, दुई जना घाइते


 



धनगढी, माघ २४
कैलालीको जानकी गाउँपालिका–९, पूर्वखैरीफाँटामा माटोको ढिस्कोले पुरिएर तीन जनाको मृत्यु भएको छ ।

घर पोत्नका लागि माटो लिन गएका ३० वर्षीया गंगा जयगडी, २० वर्षीया भावना वड र १७ वर्षीया धनसरी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए ।

उनकाअनुसार १२ वर्षीया काजल विक र १२ वर्षकै अन्जु जयगडी घाइते भएका छन्। उनीहरूको टीकापुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: २४ माघ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्