लक्ष्मी सनराइज बैंकको काठमाडौं उपत्यका भित्रका दुईवटा शाखा स्थानान्तरण


 


काठमाडौं, वैशाख २६ । लक्ष्मी सनराइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो दुर्य वटा शाखाहरु स्थानान्तरण गरेको छ।

काठमाडौं महानगरपालिकाको वडा नम्बर १७, खुसिबु अवस्थित दुईवटा शाखामध्ये एक शाखा अब काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर१६ स्थित खरिबोट बनस्थलिमा स्थानान्तरण गरिएको छ।

त्यसैगरी, काठमाडौं महानगरपालिकाको वडा नम्बर २६ स्थित गोंगबु शाखा नयाँ बसपार्क नजिकै ल्होत्से मलमा स्थानान्तरण भएको छ।

स्थानान्तरण गरिएका साविकका खुसिबु र गोंगबु शाखाका ग्राहकहरुले सोही क्षेत्रमा रहेको अर्को शाखामार्फत सेवा लिन सक्ने बैंकले जनाएको छ।

स्थानान्तरण भएसँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज अनि व्यापक बनाउने विश्वास राखेको छ।

हाल लक्ष्मी सनराइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५८ शाखा, ३२१ एटिएम, २८ एक्स्टेन्सन काउन्टर र १३१ शाखा रहित बैँकिङ्ग एजेन्ट रहेका छन्।

प्रकाशित मिति: २६ बैशाख २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्