एमालेले पठायो माधव नेपालसहित चार नेतालाई तीन दिने स्पष्टीकरणको पत्र


 


काठमाडौं, चैत्र ९
नेकपा (एमाले) ले माधव नेपालसहित ४ नेतालाई स्पष्टीकरण सोधेको छ । एमाले महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता माधव कुमार नेपाल, नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे र धनश्याम भुसाललाई स्पष्टीकरण सोधेका हुन् ।

पार्टी कार्यालका कर्मचारी कुमार उप्रेतीले चारै नेताका घरमा स्पष्टीकरण पुर्‍याइएको एमाले पार्टी कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिए ।

पार्टी हितविपरीत किन गतिविधी गरेको भनेर तीन दिने स्पष्टीकरण सोधिएको हो । शनिबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकले माधव नेपालसहित चार जनालई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति: ९ चैत्र २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्