शेखर कोइरालाको प्रश्न – डढेलो नियन्त्रणमा सरकार किन यति असंवेदनशील ?


 


काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले डढेलो नियन्त्रणमा सरकार संवेदनशील बन्न नसकेको बताएका छन् ।

शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत नेता कोइरालाले देशका विभिन्न स्थानमा लागेको डढेलो नियन्त्रण गर्न सरकार संवेदनशील बन्न नसकेको बताएका हुन् ।

उनले डढेकोको कारण देशका विभिन्न भागमा भौतिक र मानवीय क्षति पुगेको भन्दै रोकथाम र न्यूनीकरणमा कहाँ चुकियो त्यसको खोजी हुनुपर्ने बताए ।

उनले लेखेका छन् – यस वर्ष देशका विभिन्न भागमा डढेलो लागेका कारण कैयन् नेपालीको ज्यान गइसक्यो, अरबौँको सम्पत्तिको नाश भइसक्यो । कतै निभ्यो, कतै सल्किरहेको छ । बर्सेनि डढेलोका कारण हुने नोक्सानी बढ्दै छ, रोकथाम र न्यूनीकरणमा हामी कहाँ चुक्यौँ ? नीतिमा कि व्यवहारमा ? सरकार किन यति असंवेदनशील ?

प्रकाशित मिति: १४ बैशाख २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्