कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष रावलको निधन


 



धनगढी, चैत्र १७
कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको निधन भएको छ।

रावलको काठमाडौँको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा मंगलबार बिहान निधन भएको हो ।

लामो समयदेखि रक्त चापले ग्रेसित रावललाई चार दिन अघि ब्रेन हेमब्रेज भएको थियो। उनलाई कोहलपुर मेडिकल कलेज हुँदै थप उपचारका लागि काठमाडौँ लगिएको थियो। 

रावल नेकपा एमालेबाट गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका थिए। 

प्रकाशित मिति: १७ चैत्र २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्