कमेडियन आदर्श मिश्रालाई पितृशोक


 



काठमाडौं, जेठ ११
कमेडियन आदर्श मिश्रालाई पितृ शोक परेको छ । उनको बुवा विनोद मिश्राको मृगौलाको समस्या थियो ।

विनोद बाराको जीतपुरस्थित नगौल निम्न माध्यामिक विद्यालयका प्रधानाध्यापक हुन् । आदर्शले केही दिन ट्वीट गर्दै मृगौला दाता भारतीय भएकै कारण प्रत्यारोपण नभएको बताएका थिए ।

उनको आमा भारतीय भएको र उनको बुवालाई उनकी मौसी (विनोदकी जेठीसासु)ले मृगौला दिन तयार हुँदा मृगौला दाता भारतीय भएका कारण नमिल्ने भन्दै शिक्षण अस्पतालले फिर्ता पठाएको उल्लेख गरेका थिए ।

आज बिहान मात्रै आदर्शले आफ्नो बुवा गुमाउन नचाहेको र नेपाल सरकारविरुद्घ मुद्दा दर्ता गर्न चाहेको ट्वीट गरेका थिए ।

उनले दाता भारतीय भएकै कारण मृगौला प्रत्यारोपन गर्न नदिएको आरोपमा मुद्दा हाल्ने जनाएका थिए । आदर्शले ट्वीटमा प्रदेश–२ का मुख्य न्यायधिवक्ता दीपेन्द्र झालाई मेन्सन गर्दै सहयोगको अपील समेत गरेका थिए।

प्रकाशित मिति: ११ जेष्ठ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्